कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं-  सरकारले चालेका कदमको मूल्यांकन गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेका कदमलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

सरकार अधिनायक दिशामा रहेको आरोप लगाएको कांग्रेसले लकडाउनपछि सरकारविरुद्ध गरिने गतिविधिका विषयमा समेत छलफल हुने बताइएको छ ।

आजको बैठकले संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ । राहत वितरणमा विभेद गरिएको आरोप लगाएको कांग्रेसले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउने भएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij