बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ।

अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्।

हिजो मात्रै सास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो।

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।

उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा डेब्यू ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।

उनले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत जितेका थिए। उनको खास नाम ऋषि राज कपुर हो।

बाल कलाकारका रुपमा बलिउडमा डेब्यू भएका ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग ‘बबी’ सिनेमाबाट डेब्यू गरे।

सन् १९७३ मा रिलिज भएको सो सिनेमा त्यतिबेला निक्कै चलेको थियो। उनले सो सिनेमाबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए।

त्यसपछि उनले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरे। उनले अधिकाशं सिनेमामा रोमान्टिक भूमिका निभाएका छन्।

सन् २०११ मा ‘दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जितेका थिए।

अभिनेत्री नितु सिहंसँह विवाह-वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए।

उनले जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गरे जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टिस्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भएका थिए।

‘बबी’ का अलावा ‘लैला मजनु’,’रफुचक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हनीमुन’, ‘चाँदनी’, ‘बोल राधा बोल’ आदि उनका सफल सिनेमा हुन्।

दशककै हिट सिनेमा बनेको ‘बबी’मा सिनेमा उनले पैसाका कारण राजेश खन्नालाई खेलाउन असमर्थ भएपछि पाएका थिए।

सिनेमाका निर्माता तथा निर्देशक उनका बाबु राज कपुर हुन्।

रिलिजपछि ‘बबी’ ट्रेन्ड सेटर सिनेमा बन्यो।

यो सिनेमापछि बलिउडमा धनी-गरिबको परिदृश्यमा थुप्रै बलिउड ‘टिन एज रोमान्स’ सिनेमा बन्ने सिलसिला सुरु भएको थियो।

 

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij