पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस को नयाँ सङ्क्रमण देखिएको छैन :: मन्त्रालय

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस को नयाँ सङ्क्रमण देखिएको छैन :: मन्त्रालय

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सङ्क्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुना नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

अहिलेसम्म नेपालमा ५९ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा ४९ जना पुरुष र १० जना महिला छन् । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा आठ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक/एक जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडीटी विधिबाट ४८ हजार पाँच सय २९ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा पाँच हजार दुई सय ८२, प्रदेश नम्बर २ मा पाँच हजार ६ सय ८७, वाग्मती प्रदेशमा पाँच हजार पाँच सय १५ वटा आरडीटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पाँच हजार चार सय ११, प्रदेश नम्बर ५ मा चार हजार दुई सय ४०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ७१ र सुदूरपश्चिममा १३ हजार आठ सय २३ वटा आरडीटी परीक्षण भएका छन् ।

देशभरि २२ हजार ९ सय ७८ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर १ मा दुई हजार आठ सय ६५, प्रदेश नम्बर २ मा एक हजार तीन सय ९१ र वाग्मती प्रदेशमा पाँच सय ११ जना क्वरेण्टीनमा छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार तीन सय चार, कर्णाली प्रदेशमा तीन हजार दुई सय ७५ र सुदूरपश्चि प्रदेशमा तीन हजार जना क्वरेण्टीनमा छन् ।

काठमाण्डाै उपत्यकामा चार र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij