काठमाडौं- नेपालमा कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २३ वैशाख । बाँकेको नेपालगञ्जमा ७ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । संक्रमित मध्ये चार जना महिला र तीन जना पुरुष छन् ।
मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्