प्रदेश ५ काग्रेसका कार्यवाहक नेता कनौडियाद्धारा कोरोना परीक्षणको दायरा बढाउन माग

प्रदेश ५ काग्रेसका कार्यवाहक नेता कनौडियाद्धारा कोरोना परीक्षणको दायरा बढाउन माग

बुटवल,।
प्रदेश ५को प्रदेश सभाका प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कनौडियाले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंग माग गर्नुभएको छ।
नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी बांकेमा कोरोना संक्रमितको संख्या धमाधम बढेकाले परीक्षणको दायरा बढाउन माग गर्नुभएको हो ।
नेता कनौडियाले प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव हुन नदिन पर्याप्त मात्रामा किट उपलब्ध गराउन,भारतीय सिमा क्षेत्रमा कडाई गरी कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।
यस्तै कोरोना परीक्षण गर्दा कुनै जाति र समुदायलाई मात्रै लक्षित गर्दा सामाजिक सद्भाव खल्बलिन सक्ने भएकाले त्यस्तो हुन नदिन सरकार सजग हुनुपर्ने पनि नेता कनौडियाले सरकारलाई सुझाव दिनुभएको छ।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंगको कुराकानीमा नेता कनौडियाले कोरोना संक्रमण रोकथामका लागि प्रमुख विपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभएको छ।
कोरोना महामारीको विश्वव्यापी असरका कारण बेरोजगारी बढ्ने र भोकमरीको अवस्था समेत आउन सक्ने खतरा भएकाले यी विषयलाई मध्यनजर गरेर नीति कार्यक्रम र वजेट बनाउन पनि आफूले सुझाव दिएको नेता कनौडियाले बताउनुभयो।
संक्रमण नफैलिने गरी लकडाउनलाई खुकुलो बनाउनेतर्फ योजना बनाउन पनि नेता कनौडियाले सरकारलाई सुझाव दिएका छन् ।
आफूसंगको कुराकानीमा मन्त्री बरालले बांकेमा मात्रै तीन सय जनाको स्याम्पल संकलन गरी परीक्षण गर्न लागिएको जानकारी गराएको नेता कनौडियाले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij