नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका पछि कोरोना संक्रमितको संख्या १०२ पुगेको हो ।

यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनुभयो ।

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन स् संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij