काठमाडौं ।
भारतले नेपाली भूमि लिपुभञ्ज्याङ छिचोलेर तिब्बतको मानसरोवर जाने बाटो खोल्दा पनि सत्तारूढ पार्टी मौन देखिएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार विद्युतीय माध्यमबाट ट्र्याकको उद्घाटन गरेका थिए । सिंहले फोटो सामाजिक सञ्जाल, ट्विटरमार्फत् सार्वजनिक गरेपछि कोरोनाको त्रासका बीच कालापानीको घाउ बल्झिएको छ ।
नेपाली भूमिलाई भारतीयले बाटोको रूपमा प्रयोग गरेपछि देश आन्दोलित बनेको छ । राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र बुद्धिजीवीहरूले विरोध जनाइरहेका छन् ।
पार्टीका नेता कार्यकर्ताहरू सडकमै विरोध प्रदर्शनमा उत्रिए पनि पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूका नेता–कार्यकर्ताहरू विरोध प्रर्दशनमा उत्रँदा प्रहरीले धरपकड गरेको थियो ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशित गरेर विरोधको औपचारिकता पूरा गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूको हस्ताक्षरबिना नै सार्वजनिक गरिएको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको बताइएको छ ।
सरकारको नेतृत्व नेकपाले नै गरेको भए पनि यसअघि पार्टीले छुट्टै विज्ञप्ति निकालेर विरोध जनाउँथ्यो । गतवर्ष भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई सडकबाटै अपदस्त घोषणा गर्ने कदमलाई अमेरिकाले समर्थन गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले कडा आपत्ति जनाएका थिए ।
साम्राज्यवादी कदमको दर्जा दिँदै कडा शब्दमा आपत्ति प्रकट गरेका थिए ।
पार्टीका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा वक्तव्यबाजी गरिएको भन्दै पार्टीभित्र विवादित पनि बनेको थियो । लिपुभञ्ज्याङ प्रकरणमा भने नेकपा मौन देखिएको छ । पार्टीका आधिकारिक निकाय, परराष्ट्र मामिला विभागले पनि धारणा सार्वजनिक गरेको छैन ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भारतको पछिल्लो कदमको निन्दा गरेका छन् । मुलुक कोरोनाविरूद्ध लडिरहेका वेला भारतले सीमा अतिक्रमणको कृत्य दोहो¥याएको भन्दै सरकारको ध्यानकर्षण पनि गराएका छन् ।
“भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सिमा क्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरूद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विषयमा सरकारले तु कदम चालोस्,” उनले ट्विटमा भनेका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्