काँग्रेसद्धारा विदेशमा अप्ठ्यारोमा परेकालाई उद्धार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काँग्रेसद्धारा विदेशमा अप्ठ्यारोमा परेकालाई उद्धार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
सोमबार ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको हो ।
काँग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा काँग्रेस सांसद डा. डिला संग्रौला र प्रकाश रसाइली छन् । अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई नेपालीलाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ । भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने
कोरोना भाइरसका कारण नेपालले लकडाउन घोषणा गर्दै अन्तर्राष्ट्रिय उडान समेत रोकेको छ भने सयौँ नेपाली सीमा नाकामा अलपत्र छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij