कलैया ।
२ नं प्रदेशको बारा र पर्सामा कोरोना संक्रमण ह्वात्तै वृद्धि भएसँगै बारा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
पर्सा जिल्लामा बढ्दै गएको संक्रमितको संख्यालाई मध्यनजर गर्दै पर्साबाट बारा आउने जाने सवारी साधनलाई निषेध गरिएको छ । यस्तै, उद्योग प्रतिष्ठानमा पर्सा र वीरगन्जमा रहनेहरु व्यक्तिहरुलाई काममा नलगाउने समेत निर्णय भएको छ ।बुधबारदेखि सिकिस्त बिरामीको प्रयोजनबाहेक अन्यलाई दिइएको इ–पासको व्यवस्था पनि खारेज गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्