नेपालमा कोरोना संक्रमितको सख्या २१७ पुग्यो

नेपालमा कोरोना संक्रमितको सख्या २१७ पुग्यो

काठमाडौं-  थप २६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको सख्या २१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार मंगलबार राति थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।

मंगलबार दिउँसो मात्र ५७ जनामा संक्रमण देखिएको थियो ।

सोमबार राति १०ः १५ मा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पर्सामा थप १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ६ पुरुष र १२ महिला छन । पर्साका मंगलबार दिउँसाे ३९ जना जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

मंगलबार राति महोत्तरीमा २, धनुसामा २, भक्तापुरमा २ जना, काठमाडौंमा र सर्लाहीमा एक–एक जनामा संक्रमण देखिएको हो । काठमाडौंकी संक्रमित महिला ३३ वर्षिय हुन । भक्तपुरमा एक महिला र एक पुरुस संक्रमित छन ।

मंगलबार दिउँसो देखिएका ५७ संक्रमित मध्ये पर्साका ३९ , रुपन्देहीका ९ , कपिलवस्तुका ८ र बाराका एक जना हुन ।

संक्रमित मध्ये ३४ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij