बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलापको तयारी,,एसईई परीक्षाका सबै विषय सिकाइने

बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलापको तयारी,,एसईई परीक्षाका सबै विषय सिकाइने

 

बुटवल, ।

महामारीका विरुद्ध जारी लकडाउनका कारण रोकिएको एसइइ परीक्षार्थीलाई लक्षित गर्दै बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सुरु गर्न लागेको छ । परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका तथा घरमै रहेका विद्यार्थीलाई पढाईमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागिएको हो ।

परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन सुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसंगै देशभरका सबै विद्यालयहरु बन्द छन् । विद्यालय बन्द रहेका र विद्यार्थीहरु घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् । यहीँ चिन्तालाई समेत समाधान गर्नेगरि बुटवलले टेलिभिजन कक्षामार्फत विद्यार्थीहरुलाई पढाउन लागेको हो ।

बिहान १० देखि १२ बजेसम्म दुई सिफ्टमा यस्ता कक्षा सञ्चालन हुने छन् । टेलिभिजनबाट सञ्चालन हुने कक्षा र कार्यक्रमका बारेमा उपमहानगरले सार्वजनिक सूचनामार्फत विद्यार्थी र अभिभाबकलाई जानकारी गराईसकेको छ ।

परीक्षा दिने तिथि मिति समेत तोकिएर रोकिएपछि विद्यार्थीमा तनाव उत्पन्न हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । यहाँका विद्यालयमा पढाई हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उहाँको भनाइ छ ।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यय्नरत विद्यार्थीलाई लक्षित गरेर बुटवलका दुई सामुदायिक टेलिभिजन लुम्बिनी र बुद्ध टेलिभिजनबाट उक्त कक्षाको पठनपाठन गराउन लागिएको बुटववलका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँले शिक्षकहरुलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको शर्माले बताउनुभयो ।

जेठ १ गतेदेखि सुरु हुने शिक्षण सिकाई क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, एचपीइ, सामाजिक र ऐच्छिक विषयका रुपमा गणितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने छ ।

बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइइ परीक्षाको तयारीमा रहेका करिब चार हजार विद्यार्थीलाई लक्षित गरेर यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षार्थीहरुमा एक हजार सात सय ९८ छात्रा र दुई हजार एक सय ४५ छात्र एसइइ परीक्षार्थीका रुपमा रहेका छन् ।

वार्षिक परीक्षाको नतिजा प्रकाशन

बुटवलले २०७६ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । पूर्वप्रावि देखि ९ सम्मको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । सबै सामूदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा ८ (नगरस्तरीय आधारभूत) सहित पूर्व प्राथमिक कक्षा देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij