तौलिहवा ।
कपिलवस्तुमा नयाँ थपिएका ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ ।
कृष्णनगरमा लिंक गेट र बजार क्षेत्रको डियुटीमा खटिएका ३ सुरक्षाकर्मीमा कोरोना भएको हो । प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो ।
८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको बिज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ३ जना सुरक्षाकर्मी समेत रहेका हुन् ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्