काठमाण्डौ – सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा तत्काल बढाउन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।
नेपालमा पनि काेभिड–१९ काे सङ्क्रमण बढ्ने क्रम तीव्र भएकाे छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ४६ पुगेकाे छ । सङ्क्रमितमध्ये ३५ जना उपचारपछि निकाे भएकाेमा बाँकीकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्