सिरसिरे युवा क्लब किशोरपुर द्धारा निशुल्क खाना वितरण

सिरसिरे युवा क्लब किशोरपुर द्धारा निशुल्क खाना वितरण

 

भैरहवा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । त्यस्तै अहिले सबै ठाउँका होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् । लकडाउनका कारण घरबाट खाना अस्पतालसम्म पु¥याउन पनि समस्या छ । यही अवस्थालाई मध्यनजर गर्दै भैरहवा मा रहेको सिरसिरे युवा क्लब किशोरपुर ले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसर मा गरीब, विपन्न परिवार, उपचार रत बिरामी, बिरामी का कुरुवा र अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई निःशुल्क शाकाहारी खाना खुवाएको क्लब का अध्यक्ष अनिल गुरुङ्ग ले जानकारी दिनु भयो ।

क्लब ले त्यहा उपचार मा रहेका बिरामी, बिरामी का कुरुवा , स्वास्थ्यकर्मी, सुरक्षा कर्मी लगायत ५ सय जना लाई खाना खुवाएको गुरुङ्गले बताउनु भयो । सो अवसर मा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज का जनसम्पर्क अधिकृत शुसिल गुरुङ्ग,दुर्गा मन्दीर गाउ समाज किशोर पुर का अध्यक्ष पुरण सिह राना, सक्षम सहारा का अध्यक्ष शान्ता कंडेल,नन्दा थापा, रविना भण्डारी, पास्टर रण बहादुर गुरुङ्ग, क्लब का सचिव संन्जु थापा लगायत को सहभागिता रहेको थियो ।

विभिन्न सहयोगी हात हरु ले गर्दा निःशुल्क खाना खुवाउने कार्यक्रमलाई लकडाउनको अवधिमा निरन्तरता दिन सकिएको जनसम्पर्क अधिकृत शुसिल गुरुङ्ग ले बताउनु भयो

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij