लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

काठमाण्डौ-  सरकारले कोरोना भाइरस संक्रमण रोकथामकालागि दुई महिनादेखी हुदै आएको लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ ।

सरकारको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको २जेठमा बसको बैठकले ६ जेठदेखी लक डाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो ।

समितिले लकडाउनलाई पुरानै तरिकाले निरन्तरता दिने कि नयाँ स्वरुप परिवर्तन गर्ने भन्नेबार स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेको थियो ।

सुझाव अनुसार समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।

उनका अनुसार ६ जेठदेखी उच्च जोखिम, मध्य र न्यून जोखिम क्षेत्रका आधारमा बर्गीकरण गरेर लकडाउनको स्वरुप निर्धारण गरिने छ ।

जापान र हङकङका नागरिकलाई चार्टड फ्लाइट मार्फत पठाइने

समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय गरेको छ ।

सचिव विडारीका अनुसार डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाइने छ ।

परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउन बिज्ञहरुको सुझाव

सरकारको समितिलाई स्वास्थ्य विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

शुक्रबारको छलफलमा उनिहरुले आत्तिनुपर्ने अवस्था नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij