काठमाडौं –सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाछ छलफल शुरु हुँदै छ ।
संसदको दुवै सदनमा छलफल हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
गौतमद्धारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।
दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्ने छन् ।
त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्नेसमेत कार्यसूची छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्