काठमाडौं । सर्वोच्च अदालतले भारतबाट आयात हुने र नेपालमै उत्पादित तरकारी तथा फलफुलजन्य वस्तुको परीक्षण गरेर मात्र उपभोक्तासम्म पठाउन आदेश गरेको छ । आइतबार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् भित्र्याउन र नेपालमै उत्पादित यस्ता वस्तुको परीक्षणबाट मात्रै उपभोक्तासम्म लैजान अन्तरिम आदेशमा भनिएको छ । मणिराम उपाध्यायले विदेशबाट निर्वाध तरकारी र फलफूल भित्रिएको भन्दै परीक्षणको माग गर्दै रिट दायर गरेका थिए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्