बुटवल
देशभरि कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा पनि सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्नो ११ औं स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
लकडाउनको बेला सामाजिक दुरीलाई कायम गरि सरकारले भेला, औपचारिक कार्यक्रमहरु आयोजनामा रोक लगाए पनि देशभर रगतको अभाव सिर्जना भएपछि सहकारीले सो रक्तदान कार्यक्रम आयोजना गरेको हो । सहकारीले रेडक्रस सोसाइटी बुटवल शाखाको रक्त सञ्चारकेन्द्रको सभा हलभित्र व्यक्ति–व्यक्ति बीचको दुरी कायम राख्दै रक्तदान गरिएको थियो । रक्तदान स्थल प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको थियो ।
लामो समयको लकडाउनले देशभर रगतको अभाव हुन लागेकाले त्यसको केहि मात्रामा भएपनि परिपूर्ति गर्नका लागि रक्तदान आयोजना गरेको सहकारीका अध्यक्ष रामराज पोखरेलले बताउनु भयो । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको सहकारीका सचिव तथा कार्यक्रम संयोजक गुणानिधी खनालले जानकारी गराउनु भयो । उहाँका अनुसार अहिलेको कोरोना(कोभिड–१९) भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्