बुटवल
गुल्मीको मदाने गाउँपालिका वडा नं २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
उनी स्थानीय शिक्षक समेत हुन् । उनको रुपन्देहीको क्रिमशन अस्पतालको आईसियूमा उपचार भइरहेको थियो ।
कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले तीन दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि गुल्मी, अर्घाखाँची हुँदै क्रिमसन अस्पताल पुगेका उनलाई भैरहवा भीम अस्पताल लगिएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए ।
त्यहाँबाट अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा परीक्षण गरेका थिए ।
मेडिकलमा परीक्षण गराउँदा फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।
स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्