वेष्टन एग्रो प्रोसेसिङ्ग तथा बुटवल फ्लोर मिलको शिखर‌सँग कोरोना बिमा सम्झौता

वेष्टन एग्रो प्रोसेसिङ्ग तथा बुटवल फ्लोर मिलको शिखर‌सँग कोरोना बिमा सम्झौता

बुटवल ।
रुपन्देही जिल्लामा सञ्चालीत वेष्टन एग्रो प्रोसेसिङ्ग इन्डष्ट्रिज प्रालि तथा बुटवल फ्लोर मिल प्रा लि ले आफ्नो उद्योगमा कार्यरत कर्मचारीहरुको सयुक्त रुपमा कोरोना बिमा गरेको छ ।
उद्योगले संयुक्त रुपमा शिखर इन्स्योरेन्स शाखा कार्यालय बुटवल मार्फत उद्योगमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरेको हो । उद्योगले कर्मचारीहरुको प्रति व्यक्ति १ लाखको दरले पाउने गरी शिखर इन्स्योरेन्स मार्फत कर्मचारीको बीमालेख जारी गरेको शिखर इन्स्योरेन्स कम्पनी बुटवलका शाखा प्रमुख किरण काफ्लले जानकारी दिनु भयो ।
विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना रोगका कारण संक्रमित हुनेको संख्या बढ्दै गर्दा उद्योगमा कार्यरत कर्मचारीहरुको बीमा गरिएको उद्योगका सचालक आनन्द ओझाले बताउनु भयो । उहाँले कोरोनाको भयावह अवस्थामा कर्मचारीको कोरोना बीमा गर्दा कोरोना संक्रमण देखिएको अवस्थाामा परिवारमा आर्थिक समस्या नहोस भन्ने उद्धेश्यले बीमा गरिएको बताउनु भयो ।
यही बैशाख ७ गते बाट नेपालमा संचालीत बीमा कम्पनीहरुले कोरोना बीमालेख जारी गर्दै आएका छन् । कोरोना बीमा अन्तर्गत कोराना बीमालेख जारी भएको मिती देखी १५ दिन पछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखीएमा उक्त व्यत्तिलाई बीमालेखमा उल्लेख भए अनुसारको रकम प्रदान गर्ने गरी बीमा गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij