भैरहवा-मारवाडी सेवा संघ भैरहवाको सहयोगमा भीम अस्पतालमा सेनिटाइजिङ टनेलनिर्माण गरिएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आउने विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनिटाइजिङ टनेल निर्माण गरी जडान गरिएको मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त अग्रवालले बताउनु भयो । श्री देबेनरा मूदंडा परिवार, विराटनगरको सौजन्यमा एक लाखको लागतमा उक्त टनेल भीम अस्पताललाई हस्तान्तरण गरिएको अग्रवालले जानकारी दिनु भयो ।
भीम अस्पतालमा कोरोना विशेष अस्पताल समेत बनाइएकोले यहाँ आउने विरामी तथा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै यो काम गरेका हौं, अग्रवाल ले भन्नु भयो । अस्पताललाई हस्तान्तरण गरिएको टनेलमा नियमित रुपमा आवश्यक केमिकलको व्यवस्था संघले नै गर्ने अग्रवालले बताउनु भयो ।
यस अघि भैरहवा क्षेत्रमा रहेका क्वारेन्टाइनमा निःशुल्क खाना खुवाइएको, जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पानी, मास्क तथा स्यानिटाइजर प्रदान गरिएको र सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको नगरस्तरीय कोरोना रोकथाम तथा उपचार कोषमा संघले १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको अग्रवालले बताउनु भयो । मारवाडी युवा संघ भैरहवाले कोरोना भाइरसविरुद्ध केही भए पनि काम गर्न सकियोस भन्ने उद्देश्यले यस्तो खालको अभियान सञ्चालन गरेको अग्रवाल ले बताउनु भयो ।
नेपाल राष्ट्रिय मारवाडी परिषदको समन्वयमा भैरहवामा रोग प्रतिरोधात्मक औषधी वितरण गर्ने सोचमा संघ रहेको अग्रवालले जानकारी दिनु भयो ।
सेनिटाइजिङ टनेलको एक कार्यक्रमका बीच प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै सांसद पाण्डेयले अन्य समयझैं मारवाडी सेवा संघले हरेक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । सासद पाण्डेले क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग, वास्तविक पीडितलाई खाना लगायत सामाजिक सेवामा लागेको संघले पछिल्लो समयमा कोरोना विशेष अस्पतालको रुपमा स्थापित भीम अस्पतालमा सेनेटाइजिङ टनेल निर्माण गरेर उदाहरणीय कार्य गरेको चर्चा गर्नु भयो । संघले गरेको काम सकारात्मक छ, आगामी दिनमा पनि हरेक क्षेत्रमा मारवाडी संघको सहयोगले निरन्तरता पाओस, पाण्डेले भन्नु भयो ।
सेनिटाइजिङ टनेल हस्तान्तरण कार्यक्रममा समाजसेवी नारायण प्रसाद अग्रवाल, अरुण अग्रवाल, भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्याय, मारवाडी युवा मंच भैरहवाका अध्यक्ष मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्