थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४४४ पुगे

थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४४४ पुगे

काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।

झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै धनकुटाका ३४ वर्षका पुरुष, सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज थपिएका १७ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ ।

अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij