चितवनका नयाँ संक्रमित केशरबाग दम्पतीकै जेठो छोरा

चितवनका नयाँ संक्रमित केशरबाग दम्पतीकै जेठो छोरा

चितवन

चितवनमा थपिएका नयाँ कोरोना संक्रमित (५२ वर्षीय पुरुष) केशरबाग दम्पतीकै जेठो छोरा रहेको खुलेको छ ।

शुक्रबार संक्रमित भरतपुर महानगरपालिका –६ केशरबाग निवासी दम्पतीका जेठो छोरा रहेको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले कालिका एफ.एमलाई जानकारी दिनुभयो। हाल उनीहरु तीनै जनाको कोरोना अस्पतालमा उपचार भैरहेको छ ।

सङ्क्रमित तीनै जना भारतको दिल्लीबाट एम्बुलेन्समा आएका थिए।  दिल्लीस्थित राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए। योसंगै चितवनमा संक्रमित हुनेको संख्या ६ पुगेको छ । ६ मध्ये दुई जना निको भएर घर र्फकिएका छन् भने अर्का सङ्क्रमित पनि उपचाररत रहेका छन्।

प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij