नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जेठ १७ गतेका लागि पार्टी कार्यालय सनेपामा केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलका अनुसार बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बैठकमा काँग्रेसले संविधान संशोधनको पक्षमा दृढ रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत निर्णय गर्ने बताएको थियो ।

गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । तर बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि काँग्रेस केन्द्रीय समिति बैठकलाई देखाइएको थियो ।

तर काँग्रेसले त्यसको खण्डन गरेको छ । काँग्रेस प्रवक्ता विश्वपकाश शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली काँग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति पार्टीको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको बताएका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij