कोरोना विरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाउनुपर्छ : उपमहासचिव अस्लामी मगर

कोरोना विरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाउनुपर्छ : उपमहासचिव अस्लामी मगर

बुटवल
राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसंग माग गरेको छ ।
कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो ।
पार्टी निकट राष्ट्रिय जनमुक्ति युवा महासंघले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा पार्टीका उपमहासचिव टोप अस्लामी मगरले सरकारले आफ्ना कमजोरी र बद्मासीहरु ढाकछोप गर्दै कोरोना विरुद्ध लड्न एक्लै सक्षम भएजस्तो गरी लकडाउन मात्रै लम्बाएर विपक्षी दल र आम जनतालाई वशीभूत बनाएको आरोप लगाए । सरकारले कोरोना महामारीलाई एक्लै नियन्त्रण र उपचार गर्न सक्छु भन्ने मानसिकता त्यागेर सबै दलको साथ लिनुपर्ने उनको सुझाव छ । ‘कोरोना महामारीमा मात्र हैन, अन्य महामारीमा पनि सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्छ’–अस्लामीले भने–‘कतिपय देशमा त सर्वदलीय सरकार बनाएर नै महामारीविरुद्ध लड्ने गरिएको छ ।’
कोरोना जित्ने विकल्प लकडाउन वा मृत्यु नै हो भने जस्तो गरी लकडाउन मात्रै लम्बाउंदै सरकार अघि बढ्दा जनतामा निराशा छाउन थालेको र जनजीवन कष्टकर हुन थालेको भन्दै उपमहासचिव अस्लामीले तत्काल सर्वदलीय संयन्त्र बनाएर अघि बढ्न आग्रह गर्नु भयो ।
‘सर्वदलीय संयन्त्र बनाइयो भने मात्रै कोरोना विरुद्धको लडाईमा सबै पक्षको अपनत्व हुन्छ र नागरिकमा आशा जाग्छ’–उनले भने–‘सर्वदलीय संयन्त्र नहुंदा राहत वितरणमा अनियमितता र अपारदर्शीता देखिएको छ,सत्तारुढ दलका कार्यकर्ताले पहुंचको आधारमा राहत पाउने र पाउनैपर्ने लक्षित वर्गले नपाएको अवस्था पनि छ ।’ महामारीको बेलामा पनि एक्लै अघि बढ्ने र विपक्षी दलहरुलाई साथमा लिएर अघि नबढ्ने सरकारको रवैयाले जनतालाई नैराश्यतातिर धकेलेको उपमहासचिव अस्लामीले तर्क गरे । दुई महिना लामो लकडाउनमा पनि सरकारले पर्याप्त तयारी गर्न नसकेको र लकडाउनबाट प्रभावित ठूलो संख्यामा श्रमिक र विपन्न वर्गलाई राहत आवश्यक भएपनि सरकारको ध्यान जान नसकेको उहाँले औंल्याउनु भयो ।
सय जनाको एन्टी कोरोना टिम
जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डीबी थापाले कोरोना नियन्त्रण र उपचारमा सघाउ पुु¥याउन पार्टीले सय जनाको एन्टी कोरोना टिम बनाएर काम गर्न थालेको बतउनु भयो । प्रदेश सरकारले बेवास्ता गरेपनि पार्टीले स्वयंसेवकका रुपमा सय जनाको टिम बनाएर प्रदेशका बाह्रै जिल्लामा जनचेतना र राहतका काम गर्ने तयारीमा रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जनमुक्ति पार्टीका युवा नेता शंकर गाहा, जनमुक्ति युवा महासंघ प्रदेश ५ की सचिव इन्दु थापा, पार्टीका बुटवल नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे,संघीय पत्रकार परिषदका केन्द्रीय सचिव सनु थापा लगाायतको सहभागिता थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij