कर तिर्न सरकारले निकालेको सूचनाप्रति कांग्रेसको कडा आपत्ति

कर तिर्न सरकारले निकालेको सूचनाप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनकै बीच कर तिर्न सरकारले निकालेको सूचनाप्रति कडा आपत्ति जनाएको छ कांग्रेसले सम्पूर्ण आर्थिक कारोबार ठप्प भएकाले कर तिर्न सरकारले ताकेता गर्नु अस्वभाविक, अप्राकृति र अव्यवहारिक भएको जनाएको छ  । त्यस्तै कांग्रेसले कर तिर्न सरकारले गरिरहेको ताकेतालाई गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ ।लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्,  ‘यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो । सरकारको यस कार्य प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।’

कांग्रेसले कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नुले सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको दावी गरेको छ ।

‘आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय छ । तसर्थ सरकारको यस गतल कदमलाई तत्काल सच्चाउनको लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ प्रमुख सचेतक खाणले भने, ‘सुरक्षित रहन र सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको प्रमुख दायित्व हो । जनतालाई पिडा माथि पिडाको अनुभूति नदिन खबरदारी गर्दछ ।’

Image may contain: text

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij