काठमाडौँ– सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।
त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।
“यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्