काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातातरण दिवसका अवसरमा शुभकामना दिदै वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त व्यक्त गरेका छ ।
प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
यसबाट सिर्जित दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई असर पुर्यएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्