विधार्थीहरुको प्रश्न : त्रिभुवन विश्वविद्यालयले कस्तो चेतना निमार्ण गर्दै छ ?

विधार्थीहरुको प्रश्न : त्रिभुवन विश्वविद्यालयले कस्तो चेतना निमार्ण गर्दै छ ?

काठमाण्डौ-नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा रुकुम पश्चिममा भएको नरसंहार र जातिय आधार दलितमाथि हुने हत्याहिंसालाई लिएर त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा निधारमा कफन र टाउको मा किताब राखेर सांकेतिक विरोध सभा सम्पन्न भएको छ ।

दलित माथि भएका जातिय विभेदका घटनामा नेपालकै जेठो र ठुलो विश्वविद्यालय का प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरु नबोलेको भन्दै सो विरोध कार्यक्रम आयोजना गरिएको नेराविसका केन्द्रिय सह–संयोजक रवि सेन्चुरीले बताए । स्थापना भएको ६० बर्ष पुग्दा पनि न्याय र अन्याय छुट्याउन नसक्ने जनशक्ति उत्पादन आखिर के का लागि ? किन विश्वविधालयले आलोचनात्मक चेतना किन निमार्ण गर्न सकेन ।

विश्वविधालय किन बौद्धिक केन्द्र बन्न सकिरहेको छैन । उनले प्रश्न गरे । कार्यक्रम मा बोल्दै अनेरास्ववियूका नेता मोति बि.क.ले २१ औं शताब्दिमा पनि पढेलेखेकै मान्छे बाट विभेद भइरहेको र यस्तो विभेद लाई कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता ले नै समर्थन तथा संरक्षण गरेको देख्दा आफुलाई लाज लागेको बताए । उनले रुकुम मा भएको घटनाका दोषिलाई कार्वाही नभए आफुहरु जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताए । त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै बहकिने मन कार्यक्रमका संचालक तथा अधिकारकर्मी महावीर विश्वकर्मा ले अब आफुलाई बौद्धिक भन्नेहरुले दराजमा सटिफिकेट थन्काएर मात्र नराख्न आग्रह गर्दै न्याय को पक्षमा उभिएर इतिहासमा नाम लेख्न आग्रह गरे । उनले बनमा लागेको आगो निभाउनलाई कोहिली चराले खेलेको भुमिकालाई स्मरण गराउदैं सबै न्यायका पक्षधरहरुलाई यो आन्दोलनमा सरिक हुन आव्हान पनि गरे । कार्यक्रम मा मार्क्सवादी अध्येता तथा अभियन्ता नवीन तिवारी , विद्यार्थी लोकेश विश्वकर्मा, नेता उषा किरण, प्रेम विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन गर्दै अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटिका उपाध्यक्ष रामलाल राजवंशी विके ले रुकुम घटनाको दोषीहरुलाई कडा भन्दा कडा कार्वाही नभएसम्म यो आन्दोलन जारी रहने बताए । हरेक परिवर्तनका आन्दोलनहरु सानो बाट सुरु भएको स्मरण गराउदैं यो आन्दोलन लाई सानो को रुप दिएर खेलाची नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराए । नवराज बि.क लगायत छ जनालाई राज्यले उचित क्षतिपुर्ति पनि दिन पर्ने उनको भनाई थियो । कार्यक्रममा विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि, विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्यो?, अहिले नबोले कहिले बोल्ने, हाम्रो शिक्षाले कस्तो चेतना निर्माण गर्यो जस्ता नारा लेखिएका प्लेकार्ड लिएर सहभागी भएका थिए । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवंशी विके को संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij