JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीका व्यबसायिक संस्थाद्वारा बुटवलमा बजार अनुगमन

रुपन्देहीका व्यबसायिक संस्थाद्वारा बुटवलमा बजार अनुगमन

बुटवल । रुपन्देहीका व्यबसायिक संस्थाका प्रतिनीधिहरुको टोलीले बुटवलमा बजार अनुगमन गरेको छ । व्यबसायिक संस्थाहरु र स्थानीय तहसंग भएको सहमति बिपरित निर्धारित भन्दा अन्य समयमा पनि पसलहरु खोलिएको गुनासो आएपछि व्यबसायिक संस्थाका प्रतिनीधिहरुले बुटवलमा बजार अनुगमन गरेको हो । हालै बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तह र व्यबसायिक संस्थाहरु बिच भएको बैठकमा बिहान १० देखि ३ बजेसम्म पसल खोल्ने सहमति भएको थियो । व्यबसायिक संस्थाका प्रतिनीधिहरुको टोलीले बुटवलको अमरपथ, संगमपथ, राममन्दिर लगायतका स्थानमा बजार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कतिपयले सहमति बिपरित हुनेगरी बिहानैदेखि पसल खोलेको पाईएको र उनीहरुलाई सहमति अनुसार १० देखि ३ बजे मात्रै पसल खोल्न सुझाव दिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो । अनुगमनमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, कार्यसमिति सदस्यहरु नरिश्वर शर्मा पौडेल, प्रकाश श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष गोबिन्द गैरे लगायत सहभागी हुनुहुन्थ्यो । कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेपछि ठप्प भएको बजार जिल्लाका व्यबसायिक संस्थाहरु र बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहहरुसंग सहमति भएपछि यहि हप्तादेखि बुटवलमा पसल खुल्न थालेको हो ।

व्यबसायिक संस्थाद्वारा बुटवलमा बजार अनुगमन

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij