अर्घाखाँची
नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।
घाँटीको शल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएको मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्यान गएको हो । यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि हिजो फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो ।
रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्