काठमाण्डौ
सरकारले नेपाल भारत सीमा सम्बन्धमा प्रमाण सङ्कलनको लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ ।
समितिले नेपाल(भारतबीचका सन्धि सम्झौता र समझदारीपत्र, तत्कालीन इस्ट इण्डिया कम्पनी ब्रिटिश सरकार, भारत सरकारसँग भएका पत्रचारहरुको सक्कल कागजात र नभए प्रतिलिपि खोज्नुपर्ने छ ।
सार्वजनिक निकायलगायत विभिन्न सङ्घ संस्था, व्यक्ति, स्वदेशी तथा विदेश पुस्तकालय एवं अभिलेखालयबाट सीमा क्षेत्र सम्बन्धित सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्तावेज पनि खोज्ने छ ।
अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर, तिरो भरो आदि तिरेका रसिद, भरपाइ पत्र वा आदेशको पनि खोज गर्ने छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्