काठमाण्डौ – आज विश्व शरणार्थी दिवस । यसवर्ष कोभिड १९ को महामारी र लकडाउनकबीच दिवस मनाईंदैछ ।
भेला तथा सभा सम्मेलनबिना नै एकअर्काको आपसी ऐक्वद्धता र सद्भावका साथ दिवस मनाउन लागिएको हो । विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ ।
यूएनएचसीआर सहितका संघसंस्थाले विस्थापित र राज्यबिहीन नागरिकको पक्षमा आवाज उठाउँदै आएका छन् । शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्रसंघको साधारणसभाले शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।
अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुनसमेत बनाउन सकेको छैन । तर नेपालले तिब्बती र भुटानी शरणार्थीलाई बास दिएर व्यवस्थापनमा सहयोग गरेको छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् ।
प्रकाशित मिति : शनिबार, असार ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्