नेपालमा थप १७६ जना कोरोना जितेर डिस्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक सय ७६ जना घर फर्किएका हुन ।
यो सँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ५७८ पुगेको छ ।
कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार नेपालमा काेराेना संक्रमितको संख्या ८ हजार ६ सय पाँच पुगेको छ।
जसमध्ये ७५६ जना महिला र ७ हजार ८४९ जना पुरुष छन ।
प्रकाशित मिति : शनिबार, असार ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्