बुटवल –सरकारले कोरोना भाइरसको महामारीको जोखिमन्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न नागरिकहरुलाई वित्तीय संस्थाहरुले पनि राहात वितरणलाई जारी राखेका छन् । यसैक्रममा दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुलाई मुक्तिनाथ विकास बैंकले लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्रीवितरण गदै आइरहेको छ । सोहि कार्यक्रम अनुशार मुक्तिनाथ बैंकको क्षेत्रिय कार्यालय बुटवलले रुपन्देहीको सियारी गाउपालीका वडा नं ६ बर्दहवामा शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । सो स्थानमा रहेको दुर्गा देबी आधारभुत बिधालयमा अध्यानरत जेहन्दार तथा विपन्नबर्गका बिधार्थीहरुलाई पचास हजार रुपैया बराबरको शैक्षि समाग्रि वितरण गरिएको बैकले जनाएको छ । कापी कलम झोला तथा स्कुल डे«सहरु बितरण गरेको हो । उक्त सहयोग समाग्री बैंकका प्रदेश नं ५का प्रमुख गोबिन्द अधिकारी र स्कुल ब्याबस्थापन समितीका पदाधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । गविर तथा विपन्न वालवालिकाहरुलाई ति समाग्रि प्रदान गर्दा ठुलो राहत महसुस अभिभावकले गरेको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, असार ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्