नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

बुटवल
नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन संचालनमा आएपछि शनिवार गरेको पहिलो रक्तदानमा कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन ।
संस्था पुनर जिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री कृष्ण पंगेनीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरि कार्य योजना बनाएकोले यस्ता मानविय कार्यलाई अन्य संस्थाहरुले पनि अनुसरण गर्नु पर्ने धारणा राख्नु भयो ।
संस्थाका संरक्षक तथा रुपन्देहीका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनले रगतको अभाव हुन नदिने गरि संस्थालाई पुनरजिवन दिएको र अवका दिनमा यसलाई थप प्रभावकारी बनाउन माग गर्नु भयो ।
संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक तथा कार्यक्रमका संयोजक लेखनाथ भण्डारी सचिव महेश खनाल सल्लाहकार विमल बहादुर शाक्य,सुुरेन्द शाक्य ,राजकुमार श्रेष्ठ, आनन्द कुमार भट्रराई कानुनी सल्लाहकार दामोदर घिमिर प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले रगतको अभाव हुन नदिन र कोही कसैलाई रगतको समस्या परेमा ततकाल समाधान गर्न संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको छ ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारी, राधा ज्ञवाली, वारसि अली, हरि गुरुङ, जनम चौधरीले प्राविधिक सहयोग गर्नु भएको रक्तदान कार्यक्रममा डल्ले बुटवलले प्रायोजन गर्नु भएको थियो ।
संस्थाले हरेक महिनाको तेस्रो शनिवार रक्तदान गर्ने गरि कार्ययोजना बनाएको छ ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij