बुटवल,।
रुपन्देहीको कञ्चन गाउँपालिकाका २० जना कृषकलाई हाते ट्याक्टर प्रदान गरिएको छ । मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले ८० प्रतिसत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर प्रदान गरेको हो ।
गाउँपालिकाका ५ वटा वडाका कृषकहरुले दिएको आवेदनका आधारमा २० जना कृषक छनौट गरी २० थान हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका कृषि प्राबिधिक रामप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने उद्देश्यले २० जना कृषक छनोट गरी हाते ट्याक्टर वितरण गरिएको भन्दै गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो । उहांले गाउँपालिकाले प्रदान गरेको हाते ट्याक्टरको सहिरुपमा सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्दै अध्यक्ष क्षेत्रीले ट्याक्टर प्रयोगले हुने फाईदा अन्य किसानहरुमा सञ्चार गर्न सकेमा यान्त्रीकरणको उपलब्धी हासिल गर्न सकिने बताउनु भयो ।
कञ्चनको कृषि प्रणालीलाई अझ प्रभावकारी र ब्यबस्थित बनाउन आगामी बर्ष कृषि क्षेत्रमा बिशेष बजेटको ब्यबस्था गरिएको छ । अध्यक्ष क्षेत्रीले भन्नुभयो–‘आगामी बर्ष देखि युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषिबाटै युवाहरुलाई आत्मनिर्भर बनाउन भौतिक पुर्वाधारको योजना कटौती गरि कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।’
हाते ट्याक्टर वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कञ्चनको कृषि प्रणालीलाई क्रमश यान्त्रीकरण गर्दै लैजाने कार्यक्रम अन्तर्गत किसानहरुलाई अनुदानमा ट्याक्टर प्रदान गरिएकाले पाएको सुविधालाई सहिरुपमा प्रयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
बैदेशिक रोजगारकालागि बिदेश गई कोभिड–१९ का कारण रोजगार गुमाई घर फर्किएका हरेक युवाहरुलाई कृषिमा आकर्षित गर्न कञ्चन गाउँपालिकाले कृषिमा अनुदान सहितको बजेट ल्याएको उपाध्यक्ष तरामुले बताउनुभयो ।
कञ्चन गाउँपालिका वार्ड नं। १ का वडा अध्यक्ष हरि नारायण थारुको अध्यक्षता र कृषि शाखा प्रमुख मगरेपाल गडरियाको संचालनमा भएको कार्यक्रमको सहजिकरण कृषि प्राबिधिक रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, असार १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्