अर्घाखाँची ।
अर्घाखाँचीमा पनि सलह किरा देखिएको छ । सोमबार दिउँसो अर्घाखाँचीको चार ओटा पालिकाको बिभिन्न क्षेत्रमा सलह किरा देखिएको हो ।
शीतगंगाको ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सितापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारा लगायतका क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवा तथा थाल पिटेर सलहलाई थपाएका हुन् ।
अर्घाखाँचीको आकाशमा लाखौंको संख्यामा सलह देखिएको र किसानको खेतीमा पनि क्षेति गरेको छ ।
त्यस्तै भूमिकास्थान नगरपालिकाको धनचौर, ढिकुरा, ढाकावाङ, नुवाकोट लयायतका ठाउँमा सलह किरा देखिएको हो । पाणिनी र मालारानी गाउँपालिकाको बिभिन्न क्षेत्रमा पनि सलह किरा आएर तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।
शीतगंगाको सिमलपानीमा ठुलो संख्यामा सलह प्रबेश गरेपछि तीन रोपनीमा लगाएको तरकारी खेतिमा क्षेति पुराएको किसान कबिराम भाटले बताउनुभयाृ । उहाले भन्नुभयो ‘जुन बिरूवा कलिलो छ त्यहि बिरूवा खान सलहले जोड गर्दो रहेछ । ’
हजारौंको संख्यामा सलह आएर बस्यो, बिभिन्न उपाय गरेर धपाउने प्रयास गर्दा पनि तरकारीमा नोक्सान पुराएको छ, भाटले भने ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो।
प्रकाशित मिति : सोमबार, असार १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्