थप ३१६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १३ हजार ५ सय ६४ पुग्याे

थप ३१६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १३ हजार ५ सय ६४ पुग्याे

काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको छ । जसमा एक हजार ६ सय ५७ महिला र ११ हजार नौ सय सात रहेका छन् ।

मङ्गलबार तीन सय १६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७१ महिला र दुई सय ४५ पुरुष गरी तीन सय १६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मङ्गलबार सबैभन्दा बढी सुदूरपश्चिममा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ दुई हजार चार सय ५७ सङ्क्रमित रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी तीन हजार आठ सय सात जना सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल तीन हजार सात सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म एक हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी एक हजार चार सय ३६ जना सङ्क्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल पाँच सय ९५ र वाग्मती प्रदेशमा आज १६ गरी कुल चार सय २८ सङ्क्रमित रहेका छन् ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार सात सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख २८ हजार तीन सय ४१ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट आजसम्म दुई लाख ९७ हजार आठ सय ७१ जनाको परीक्षण भएको छ ।

अहिले देशभरिका क्वरेण्टीनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार तीन सय ४१ जना आइसोलेशनमा उपचाररत रहेका छन् । मङ्गलबार नौ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ७७ महिला र दुई हजार नौ सय १७ पुरुष गरी तीन हजार एक सय ९४ जना रहेको छ ।

त्यस्तै कोरोना सङ्क्रमणको कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या २९ रहेको छ ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij