थप १० जनामा कोरोना संक्रमण पुष्टि

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ; नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनमा थप दुई जना, तनहुँका तीन जना पर्वत र स्याङ्जाका २र२ र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राति कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कालिका नगरपालिका ७ कि २७ वर्षीया एक महिला र कालिका १ का ३६ वर्षका एक पुरुष रहेका छन्। ती महिला गर्भवती हुन्। उनी कतारबाट आइ जुटपानी बजारको बिद्यालयको क्वारेन्टाइनमा बसि रहेकी थिइन्। संक्रमित पुरुष भारतबाट आइ क्वारेन्टाइनमा बसिरहेका छन। बुधबार मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन्। योसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ। बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो। यसै गरी गण्डकी प्रदेशमा थप आठ जनामा स‌ंक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार तनहुँका तीन जना पर्वत र स्याङ्जाका २र२ र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०१४ पुगेको छ

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij