काठमाडौं
रोटा भाइरस विरुद्धको खोप नेपालमा आजदेखि प्रयोगमा आउने भएको छ । ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो ।
पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उहाँले बताउनुभयो । यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।
केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने उहाँले बताउनुभयो । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।
एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा गौतमले जानकारी दिनुभयो । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ । यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, असार १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्