बागलुङ निसीखोलाका मृतक युवा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

बागलुङ निसीखोलाका मृतक युवा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।
बागलुङको निसीखोला गाउँपालिकाका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
निसीखोला ३ का २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको थियो । यद्यपी, उनको मृत्युको खबर हिजो नै सार्वजनिक भएपनि मन्त्रालयले पुष्टि गरेको थिएन ।
भारतबाट गाउँ फर्किएका ती पुरुष क्षयरोगका बिरामी थिए । उनी स्थानीय ढोरपाटनको क्वारेन्टिनमा रहेका थिए ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij