गैडहवा र कञ्चनमा ९ हजार बढी बालबालिकाहरुलाई भिटामिन खुवाइयो ।

गैडहवा र कञ्चनमा ९ हजार बढी बालबालिकाहरुलाई भिटामिन खुवाइयो ।

कञ्चन
रुपन्देहीको कञ्चन र गैडहवा गाउपालिकामा हिजो सोमवार देखि ६ महिना उमेर देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाइएको छ । हरेक बर्ष कार्तिक र बैसाखमा गरी बर्षको दुइपटक नियमित रुमपा राष्ट्रिय भिटामिन ए कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई खुवाइदै आइरहेको भिटामिन ए कोरोना भाइरस संक्रमणको जेखिमका कारण यस बर्षको दोश्रो चरणको कार्यक्रम असारमा खुवाइएको हो ।
गैडहवा र कञ्चन गाउपालिकाका राष्ट्रिय भिटामिन ए कार्यक्रममा १ बर्ष पुरा भई ५ बर्ष उमेर ननाघेका करिब ९ हजार बालबालिकाहरुलार्ई जुकाको औषधी र जन्मेको ६ महिना पुरा भई २३ महिना उमेर सम्मकालाई बालभिटा खुवाइनेछ । गैडहवा गाउपालिकामा ५ हजार ४० जना बालबालिकाहरुलाई ३६ वटा खोप केन्द्रहरुमा भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाइएने गैडहवा गाउपालिका स्वास्थ्य शाखाका सूचना अधिकारी सुरेन्द्र चौहानले जानकारी दिनु भएको छ भने कञ्चनमा करिब ४ हजार बालबालिकाहरुलाई २९ वटा खोप केन्द्रहरुमा भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाइएको कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ ।
यसैगरी रुपन्देहीमा करिब ९६ हजार १ सय ७२ जना बालबालिकाहरुलाई भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाइने जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले जानकारी दिनु भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार पहिलो चरण अन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अलबेन्डाजोल० खुवाइने जानकारी गराएका छन। साथै छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा बांडिएको छ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij