कञ्चनमा ४ सय ५९ घरपरिवारलाई सुधारिएको चुलो बितरण

कञ्चनमा ४ सय ५९ घरपरिवारलाई सुधारिएको चुलो बितरण

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा ४ सय ५९ घरपरिवारलाई सुधारिएको चुलो बितरण गरिएको छ । नेपाल सरकार, उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालय,बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रद्धारा लक्षित बर्गमामा आधारित बिपन्न घरपरिवारहरुका लागि कञ्चनका ४ सय ५९ घरपरिवारको लागि अनुदानमा निशुल्क रुपमा सुधारिएको चुल्हो बितरण गरिएको हो ।
बिशेषगरी स्वास्थ्य र उर्जा शक्तीको खपत कम गर्न धुवाँ रहित उक्त सुधारिएको चल्हो बितरण गरिएको बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले बताउनु भएको छ। परम्परागत चुल्हो प्रयोग गर्दा दाउराको बढी खर्च हुने र बढी धुलो धुवाँको उत्सर्जनले मानिसको स्वास्थ्यमा असर गर्ने भएको वातावर स्वच्छ राख्न सुधारिएको चुल्होले धेरै सहयोग गर्ने भएकोले लक्षित बर्गमा आधारित बिपन्न परिवारहरुको लागि अनुदानमा उपलब्ध गराइएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिनु भएको छ।
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र स्थानियतहरुको साझेदारीमा कञ्चन र गैडहवाका बिभिन्न सार्बजनिक स्थानहरुमा सोलार बत्ती जडान गरिसकेको छ । कञ्चन गाउपालिकामा चालु आ।व।मा ३६ वटा र गत बर्ष ५ वटा गरी जम्मा ४१ वटा र गैडहवा गाउपालिकमा चालु आ।व।मा २४ वटा र गत बर्ष वटा सडक सोलार बत्ती बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको शसर्त अनुदानमा जडान भएका छन ।
गैडहवा गाउपालिकाले गाउपालिकाको बिभिन्न स्थानहरुमा गत बर्ष करिव १ सय २४ वटा सडक बिजुली बत्ती समेत जडान गरेको छ । यस्तै कञ्चन गाउपालिकमा गाउपालिकाको ५ वटा वडाका ३ सय १५ बिपन्न परिवारहरुको घरमा सोलार बत्ती जडान गरेको छ ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij