पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरमा अवरुद्ध सडक खुल्यो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरमा अवरुद्ध सडक खुल्यो

नवलपरासी
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक खुलेको छ ।
बाढीले भत्काएको ठाउँमा डाइभर्सन बनाइएपछि सडक खुलेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका ९ को थुम्सीमा रहेको खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भर्ट बगाउँदा शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि खाद्यान्नलगायतका अन्य सामग्री ढुवानी गर्ने गाडी बिहानदेखि रोकिएका थिए । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडीसमेत रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij