JanataToday.com

Advertisment

SKIP THIS

पहिलो पटक नेपाल सरकारको सचिवमा दलितको प्रतिनिधित्व /डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा

पहिलो पटक नेपाल सरकारको सचिवमा दलितको प्रतिनिधित्व /डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा

काठमाडौं –नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयका सह सचिव  डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा हुनुभएको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विश्वकर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ ।

पाल्पाका विश्वकर्माले माइक्रोफाइनान्समा पीएचडी गर्नुभएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी भएर प्रशासकको अनुभव लिएका विश्वकर्मा  प्रदेश ५ प्रदेश सभाका सचिव तथा प्रदेश ५ कै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि सचिव भएर जिम्मेवारी निभाउनुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij