JanataToday.com

Advertisment

SKIP THIS

भोलिबाट अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी घरविदा

भोलिबाट अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी घरविदा

काठमाडौं – निजी विद्यालयहरुले भोलिदेखि बैकल्पिक शिक्षण सिकाई कार्यक्रम बन्द गर्ने भएका छन्।

निजी विद्यालयहरुको संगठन छाता प्याब्सन र एन–प्याब्सनले शिक्षा मन्त्रालयले आफ्ना माग पुरा नगरेको भन्दै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन्।

निजी विद्यालयहरुले हाल अनलाइन मार्फत गरिएको पठनपाठनको शूल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए।

शिक्षा मन्त्रालयले भने शूल्क उठाउन रोक लगाएको छ।

शूल्क उठाउन नपाएपछि निजी विद्यालयहरुले पठनपाठन बन्द गर्ने निर्णयमा पुगेका हुन।

‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयको आर्थिक अवस्था जर्जर भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

११ महिनाको शुल्क उठाउन पाउनुपर्नेलगायतका माग निजीले राख्दै आएका छन्।

शिक्षक र कर्मचारीलाई पनि बेतलबी बिदा बस्न लगाउने निजी विद्यालयहरुले निर्णय गरेका छन्।

 

प्रकाशित मिति : बुधबार, असार ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij