विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ ।

बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकोतर्फ सरकारलाई सचेत गराउँदै कांग्रेसले सत्ताको खिचातानीमा नलागी पीडितहरुको उद्धार, उपचार र राहत वितरणमा जोड दिन माग गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस कोभिड–१९ अनुगमन समिति संयोजक तथा पार्टी सहमहामन्त्री डा। प्रकाशशरण महतले विपद् न्यूनीकरणमा गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।

समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयमा छानबिन र कारबाहीको वातावरण नबनेको भन्दै आस्था र व्यक्तिगत स्वार्थको कारण कर्मचारी सरुवा गर्नाले सरकार संकट नियन्त्रणमा गम्भीर नभएको आरोप लागाएको छ ।

यस्तै, विदेशबाट आउने आफ्ना देशका नागरिकहरुलाई महँगो शुल्क लिएर विमान ‘चार्टड’ गरेर ल्याउने काम तत्काल बन्द गर्न भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषको उपयोग गरेर नियमित उडान र सहुलियत दरमा आफ्ना नागरिक फिर्ता गर्न माग गरेको छ ।

यस्तै, संक्रमणका समयमा बढेको आत्महत्या, मातृमृत्युदर, घरेलु हिंसा नियन्त्रण गर्नसमेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

खोप अभावमा बालमृत्युदर बढेको भन्दै कांग्रेसले सचेत हुन सुझाव दिएको छ ।

यथेष्ट सुरक्षा नभएसम्म बन्द रहेका विद्यालय नखोल्न आग्रह गरेको कांग्रेसले ‘क्वारेन्टिन’ व्यवस्थापन, अर्थतन्त्र सुधार, पर्यटन क्षेत्रमा देखिएको संकट, सार्वजनिक यातायातलगायतको विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : बुधबार, असार ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij