२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

काठमाडौँ
मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ६ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ८७१ जना रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij