काठमाडौं ।
नोभेल कोरोना भाइरसका १४७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिएका हुन् ।
देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ ।पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ७० दशमलव ३९ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाबाट तीन हजार ४८१ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ ।
यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा। गौतमले बताएका थिए ।
त्यसैगरी लकडाउनको अन्तिम दिन १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए । लकडाउन खुलेको पहिलो दिन देशभ १०० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २० जना डिस्चार्ज भएका थिए ।
गत महिना असार ६ गते असार ६ हजार ८२८ जनाको नमुना परीक्षण गरिएकोमा ६२९ पोजेटिभ देखिएका थिए । उक्त दर भनेको ९ दशलव २ प्रतिशत हो ।
साउन ८ गते तीन हजार ४८१ जनाको पीसीआर जाँच गरिएको छ भने १४७ पोजेटिभ देखिएको छ । यो भनेको ४ दशमलव २ प्रतिशत हो ।
पाँचसयभन्दा बढी सक्रिय संक्रमितको संख्या रौतहट कैलाली र बाजुरा छन् । छ जिल्लामा संक्रमण शून्य देखिएको छ । जसमा भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्